काभ्रे ।
जिल्लाको पनौती नगरपालिका वडा नं. २, ३ र १० का दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने अति विपन्न घरपरिवारलाई शनिबार पनौती उद्योग बाणिज्य संघको सहयोगमा ‘फुड बैंक’ मार्फत खाद्यान्न वितरण गरिएको छ ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि पनौती उद्योग बाणिज्य संघले नगरपालिकाले तयार गरेको सूची अनुसार खाद्यान्न तयार गरि फुड बैंक मार्फत ती वडाका विपन्न ३० घर परिवारलाई सो खाद्यान्न वितरण गरेको पनौती उद्योग वाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापाले बताए ।
पनौती नगरपालिकाले स्थापना गरेको ‘फुड बैंक’ मार्फत ती परिवारहरुलाई नगरको राहत प्याकेज अन्तर्गत ४ जनासम्मको परिवारलाई १० किलो चामल र त्यो भन्दा बढी भएमा १५ किलो, दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठ लगायत १७ प्रकारका सामग्री उपलब्ध गराएको थापाले बताए । ‘हामीले संस्थागत रुपमा जम्मा गरेको रकमबाट ३० घरपरिवारलाई वितरण गर्ने गरी नगर प्रमुख भिम न्यौपानेलाई हस्तान्तरण गरे पश्चात ति परिवारलाई वितरण गरिसकका छौं ।’ अध्यक्ष थापाले भने ।
नगरका अतिविपन्न परिवारलाई नगरपालिकाले स्थापना गरिएको ‘फुड बैंक’बाट राहत वितरण गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।





























प्रतिक्रिया