स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्रीलाई देउवाको आग्रह

स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्रीलाई देउवाको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सभापति देउवाले आज वक्तव्य जारी गरी सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरो अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अघि बढाउन जरुरी भएको बताए ।

कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो दल सरकारका साथमा रहेको र हरसम्भव सघाइरहेको बताउँदै उनले धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालनाका साथ युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलका नेता देउवाले ‘काठमाडौँ प्रेस डटकम’ मा प्रकाशित भनिएको खरीद प्रकरणको समाचार ‘साइबर’ अतिक्रमणमा परेको भनी आपत्ति जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।रासस

Logo