काभ्रे होटल तथा रेष्टुरेन्ट संघद्वारा क्वारेन्टाइनका सामान हस्तान्तरण

काभ्रे होटल तथा रेष्टुरेन्ट संघद्वारा क्वारेन्टाइनका सामान हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले बनेपा नगरपालिका ६ रेडक्रसमा रहेका क्वारेन्टाइनका लागि चाहिने बस्ने, ओछ्याउने सामानहरु हस्तान्तरण गरेको छ ।

बिहीबार काभ्रे जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंलाई सामग्री हस्तान्तरण गरिएको हो । सो क्रममा १० वटा बेडलाई आवश्यक पर्ने बस्ने, ओछ्यान, सिरक, डस्ना, तन्ना लगायतका सामग्री काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालु, होटल महासंघ नेपालका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ लगायतले सहायक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

काभ्रे होटल महासंघ अध्यक्ष श्यामकुमार भालुले आगामी दिनमा पनि होटल व्यवसायीहरूले देशलाई संकट परेको बेला सकेको सहयोग गर्ने बताए । बनेपाको रेडक्रस तालिम केन्द्रमा ६५ बेड, धु्लिखेलको सञ्जिवनीमा ३० बेड, बनेपाकै पोलिटेक्निकल स्कुलमा ५० बेड, पनौती लगायतका विभिन्न स्थानीय तहमा कम्तिमा ५०, ५० बेडको क्वारेन्टाईन निर्माणको तयारी भईरहेको छ । विष्णु दल गणका गणपति सुबास खड्काका अनुसार विभिन्न क्षेत्रको सहयोगमा क्वारेन्टाईन निर्माण भईरहेको हो ।

Logo