‘इ-सेवा’ बहिस्कार अभियानदेखि रामनवमीमा पनि सुनसान राम मन्दिरहरुसम्म (भिडियोसहित)

‘इ-सेवा’ बहिस्कार अभियानदेखि रामनवमीमा पनि सुनसान राम मन्दिरहरुसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौं । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ।

आजका प्रमुख समाचारहरु मध्ये कोरोना भाइरसका संक्रमितहरुको संख्या दैनिकरुपमा वढ्दैछ । विश्वका २ सय भन्दा बढी देशका करिव साढे नौ लाख नागरिक यसबाट प्रभावित भएका छन् ।

हरेक बर्ष रामनवमीमा भिडभाड हुने जनकपुर र सुनसरीको रामधुनी मन्दिर लगायतका राममन्दिर आज सुनसान रहे । लकडाउनले गर्दा भक्तजनहरु मन्दिर जान सकेनन् ।

यता काभ्रेको पनौती नगरपालिकाले फुडबैंक संचालनमा ल्याएको छ । यो फुडबैंक अति विपन्न र दैनिक ज्यालादारीमा गुजारा गर्ने श्रमिकहरुका लागि ल्याईएको नगरपालिकाले जनाएको छ ।

यस्तै नेपालको लोकप्रिय इ-पेमेन्ट गेट वे ‘इ-सेवा’ बहिस्कारको अभियान सुरु भएको छ । इ-सेवा सञ्चालक एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीमाथि काठमाडौं प्रेसमा बुधबार प्रकाशित समाचार हटाएको आरोप लागेपछि ‘इ-सेवा’ बहिस्कार अभियान सुरु गरिएको हो ।

बिना टेण्डर महँगोमा स्वास्थ्य सामग्री खरिद काण्डमा रक्षामन्त्री ईश्वर पोखरेलतिर सवैका औंला सोझिन थालेका छन् । यस काण्डमा उनले छोरा स्वराज पोखरेलको प्रयोग गरेको आरोप समेत लागेको छ । हेरौं यो भिडियोमा :

Logo