‘कमलपोखरी निर्माण कार्यमा विरोध गर्नु पर्ने कारण छैन’ : महानगर

‘कमलपोखरी निर्माण कार्यमा विरोध गर्नु पर्ने कारण छैन’ : महानगर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको बताएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमलपोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लव र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नु पर्ने कारण नभएको बताए । उक्त भवनहरु नक्सा पास गरेर स्वीकृति नलिइ बनाइएको पनि जानकारी दिए ।

कमलपोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौं महानगरपालिको अनुरोधमा छोडेको उनको भनाइ छ । स्पोर्टस् क्लव र राधेराधेको भवन अनाधिकृतरुपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

Logo