कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीले विश्व समुदायलाई आतंकित बनाएको छ। विश्वका २ सय भन्दा बढी मुलुकमा फैलिएको यो भाइरसको संक्रमणबाट ३५ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने ७ लाख ४० हजार भन्दा बढी संक्रमित भएका छन् ।
विश्व अर्थतन्त्र अस्तव्यस्त बनेको छ । दर्जन भन्दा बढी देशका नागरिक ‘लकडाउन’मा छन् । भियतनाममा पनि २०३ जना संक्रमित भेटिएका छन्। आजै मात्र पनि त्यहा ९ वटा केश भेटिएका छन्। त्यहा पनि लकडाउन गर्ने तयारी भइरहेको छ । तर, त्यहा केही समयअघि देखि नै बजारहरू बन्द गरिएका छन्।
पसलहरू बन्द भएपछि त्यहाका एक व्यक्तिले कोरोना भाइरसकै बर्गर बनाएर बिक्री गरिरहेका छन्। यसरी बिजनेश ‘ट्रिक’ लगाउने व्यक्ति हुन् भियतनामको राजधानी हनोईका शेफ होंग तोंग। उनले कोरोना भाइरसको संकेतकै आकारमा बर्गर बनाएर विक्री गरिरहेका छन्।

‘कुनै कुरालाई हराउनु छ भने तपाई त्यही कुरा खानुहोस्।’ उनले भनेका छन्। यो बर्गर खाएपछि आत्मबल बढ्ने उनको दाबी छ।
उनले दैनिक ५० वटा बर्गर बेच्ने गरेको बताएका छन् ।





























प्रतिक्रिया