२३ असार २०७९ बिहीबार
1
1
1
1

0 Shares

एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते

1
1
1
1

तनहुँ, २७, मंसिर
तनहुँको भिमाद बजारमा विजय जुलुस मनाउने क्रममा एमाले कार्यकर्ताको आक्रमणमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा राजु श्रेष्ठ र इलाका प्रहरी कार्यालय भिमादका प्रहरी हवल्दार प्रह्लाद गिरी रहेको सोही इलाकाका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक लालबहादुर क्षेत्रीले बताए । सोमबार राति विजय जुलुस मनाउँदै गरेका एमालेका बुद्धि श्रेष्ठ लगायतका कार्यकर्तासंग विवाद भएपछि उनीहरू माथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट श्रेष्ठको शरीरमा गहिरो चोट लागेको र प्रहरी हवल्दार गिरीको बायाँ हातको बुढी औँला फ्याक्चर भएको छ । रासस

प्रकाशित: २७ मंसिर २०७४ ०६:०७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी