हुम्ला ।
हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । दिनेश चौलागाईंकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रीमान् श्रीमतीबीच चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेपछि बिहीबार राति चौलागाईंलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पु¥याएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पु¥याएको उपरीक्षक घर्तीमगरले बताए ।





























प्रतिक्रिया