काठमाडौँ ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनकाबीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । आजका प्रमुख समाचार मध्ये कोरोना भाइरसका कारण कर्जाको साँवा तथा ब्याज तिर्न सरकारले सहुलियत दिएको छ । सरकारले यहि चैत्र मसान्तसम्म बैंक वित्तीय, तथा गैरबैंकिङ वित्तीय संस्थाबाट लिइएकोे ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने व्यवस्था गरेको हो ।
यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मौखिक निर्देशन दिई विद्युतीय चुल्होमा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन आग्रह गरेका छन् ।
यता चीनको राजधानी बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोले नेपाललाई कोभिड १९ विरुद्ध लड्नका लागि दुई हजार टेस्ट किट सहयोग गरेको छ।
यसैगरि राष्ट्रिय आविस्कार केन्द्रले कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट उत्पादन सुरु गरेको छ । आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनले एप्रोनको अभाव भएको सुुनेर उत्पादन थालेको जानकारी दिए ।
उता कोभिड–१९ को संक्रमणले अमेरिकामा बस्दै आएका नेपाली प्रभावित भएका छन् । हालसम्म अमेरिकामा कोभिड–१९ को संक्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने संक्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका छन् । थप समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया