काठमाडौँ उपत्यकामा खानेपानी नियमित हुने

काठमाडौँ उपत्यकामा खानेपानी नियमित हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौँ उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्बाधरुपमा सेवा प्रवाह हुने जनाएको छ । अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार मिटर रिडिङ, मर्मतलगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी सातासम्ममा निर्णय हुनेछ । उनले भने, “यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।”

लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक नौ करोड लिटर पानी काठमाडौँ उपत्यकामा वितरण गरिरहेको छ ।

Logo