काठमाडौं ।
नाेवेल कोरोना (कोभिड–१९) भाइरसबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले उक्त अडियोबारे अनुसन्धान थालेको हो ।
सामाजिक सन्जाल फेसबुकको मेसेन्जरमा भाइरल सो अडियो सामाग्रीमा नर्भिक अस्पतालमा नौ जनालाई जाँच गर्दा ६ जनामा कोभिड १९ भाइरस देखिएको उल्लेख गरिएको छ । अहिलेसम्म नेपालमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमणा भेटिएकाे छैन । तर सो अडियो सामाग्रीमा नेपालमा पनि कोभिड १९ फैलिसकेको भन्दै भ्रम फैलाइएको छ ।
तर नर्भिक अस्पतालले सामाजिक सञ्जालमा भाइरल भएको अडियो सामाग्रीको खण्डन गरेको छ । अस्पतालका अध्यक्ष बसन्त चौधरीले शनिबार ट्वीट गर्दै यसकाे खण्डन गरेका हुन् । उनको ट्वीटमा लेखिएको छ–‘ यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । यस विषयलाई हामिले साइबर क्राइम सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौँ ।’






























प्रतिक्रिया