नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करबीचको वार्ता महामारीका रुपमा द्रुत गतिमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशबीच औषधिलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिमा जोड दिँदै दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ को जोखिम घटाउन सीमा क्षेत्रमा प्रभावकारी निगरानी गर्नेबारेमा पनि छलफल गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ बाट जोगाउन भारतले विशेषज्ञ र चिकित्सकहरु सम्मिलित द्रुत प्रतिकार्य टोली पठाउन प्रस्ताव गरेकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

जर्मनीद्वारा १० लाख युरो अनुदान

कोभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ ।रासस

Logo