वाग्मती प्रदेश : हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

वाग्मती प्रदेश : हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सङ्घीय सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा उतार्न तथा प्रदेश सरकारका नयाँ योजना बनाउन सो बैठक बसेको जनाइएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा आपत्कालीन स्थितिमा परिचालन गर्न आवश्यक जनशक्ति तथा सामग्रीको तयारी अवस्थाका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिकार्यको लागि मातहतका निकाय तयार रहेको जानकारी दिए ।

आज नै प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको समेत बैठक बस्ने र कोरोना भाइरससँग सम्बन्धित रहेर ठोस योजना बनाइने कार्यक्रम रहेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।रासस

Skip This
Skip This
Logo