नेपालमा अहिलेसम्म कोरोनाको चेकजाँच नै नभएको डा.दिक्षितको आरोप

नेपालमा अहिलेसम्म कोरोनाको चेकजाँच नै नभएको डा.दिक्षितको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकजनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दिक्षितले भने शंंकास्पद व्यक्तिमाथि कुनैपनि परिक्षण नभएको आरोप लगाएका छन् ।

कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै डा.दिक्षितले भाइरस परिक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन् । उनले भने ‘हामीलाई के भनिएको छ भने नेपालमा त आएकै छैन । एउटालाई मात्रै देखिएको थियो तर अहिले नेपालमा कोरोना भाइरस छँदै छैन । टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’ उनले सरकारसँग कोरोना भाइरसको परिक्षण गर्ने किट नै नभएको दाबी समेत गरे । उनले सरकारसँग भएका केही किटहरु भिआइपिको परिक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाए ।

एकदिन अघि मात्रै इटालीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरिदिएको उनले बताए । उनले आफ्नो अस्पतालमा अझै पनि ३ जना शंंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परिक्षण नगरिदिएको आरोप समेत लगाए ।

साक्षात्कारमा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भने कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताए । उनले भने ‘डरलाग्दो ढंगले हस्तक्षेप गर्छौं । आगामी दिनमा कालोबजारी गरेको पाइएमा र कसैले पनि यहि मौकालाई छोपेर कमाउने धन्दामा लाग्ने, कृतिम अभाव सिर्जना गर्ने गरेको पाइएमा हामी कुनैपनि हालतमा छोडदैनौं, कठोर भएर निर्दयीपूर्वक प्रस्तुत हुन्छौं ।’

कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन पोखरेलले आग्रह गरे ।

Logo