धरहराको दशौँ तला ढलान यसै साता हुने

धरहराको दशौँ तला ढलान यसै साता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चार वर्ष अघिको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणको १० औँ तला ढलानको तयारी भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए।

यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले सोमबार धरहरा र रानीपोखरी पुनःनिर्माणको अवलोकन गरेका थिए।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए र तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए ।

उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहितको टोलीले पूर्व निर्धारित समयमा धरहरा र रानीपोखरी पुनःनिर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

Logo