प्रधानमन्त्रीको उपचार खर्चदेखि कोरोना भाइरसकाे आतंकसम्म (भिडियो सहित)

प्रधानमन्त्रीको उपचार खर्चदेखि कोरोना भाइरसकाे आतंकसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो पटक मृगौला प्रत्यारोण गर्न करिब ६ लाख रुपैंया खर्च लागेको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको उपचार खर्च करिब ५ देखि ६ लाख रुपैयाँसम्म लागेको जानकारी दिएका छन् ।

त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा ज्यान जानेको संख्या ११ पुगेको छ । एक साताअघि पाँच र शुक्रबारसम्म ६ जना गरी ज्यान गुमाउनेको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सर्जिकल मास्कको अभाव देखाउँदै कालोबजारी गर्ने ११ फार्मेसीलाई सरकारले कारबाही गरेको छ । अनुगमनका क्रममा कालोबजारी गर्ने ती फार्मेसीलाई २५ लाख भन्दा बढी जरिवाना लिएर कारबाही गरिएको हो । कोरोना भाइरसको सन्त्रास फैलिएको अवस्थामा व्यापारीहरुले मास्क, औषधी लगायत दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी गर्ने थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्राहकको भेषमा कारबाही थालेको छ ।
त्यस्तैगरी नेपाली काँग्रेसका महामन्त्री डा‍. शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत चेतावनी दिएका छन् । सभापति देउवाले नवलपरासी (पश्चिम) मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो चेतावनी दिएका हुन् ।

चीनको वुहानबाट फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण अमेरिकामा पनि बढ्न थालेपछि राष्टिय संकटकाल घोषणा गरिएकाे छ । संक्रमण बढ्दै गएपछि अमेरिकाले भाइरस रोकथामका लागि अनिश्चितकालीन राष्ट्रिय संकटकाल घोषणा गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्र सरकारको अधिकार प्रयोग गर्दै आधिकारिक रुपमा राष्ट्रिय संकटकाल घोषणा गरेको बताएका छन् । तर उनले संकटकाल कहिलेसम्म लागू हुन्छ भन्ने स्पष्ट पारेका छैनन् ।

Logo