जनकपुरधाम ।
होली पर्वमा अत्यधिक मदिरा सेवन गरेका ५ जनाको धनुषामा मृत्यु भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-२ मा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका -२ का ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेका छन् ।
मृतकहरुका शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया