केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
नेपाली मूलकी चेली प्रतिष्ठा राउत ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा पुगेकी छिन् । यस सम्बन्धी समाचार आजको बुलेटिनमा समाबेश छ ।
त्यस्तै फुटदै र जुट्दै आएको राप्रपा फेरि एकपटक एकजुट भएका छन् । २०७३ मङ्सिरमा एकीकृत भएपछि फुटेको राप्रपा र राप्रपा संयुक्तबीच फेरि एकता भएको हो । नेताहरूले गीता छोएर अब कहिल्यै नफुट्ने बाचा समेत गरेका छन् ।
त्यस्तै पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा गरिएको बम विस्फोटको समाचार पनि आजको बुलेटिनमा समाबेश छ । त्यस्तै स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकालले मंगलबार दिएको अभिव्यक्तिका विषयमा तयार परिएको एउटा रिपोर्ट पनि समेटेका छौं ।
त्यस्तै यातायात व्यवस्था विभागले राइड सेयरिङलाई बन्द गर्न पटक पटक सूचना प्रकाशन गर्ने गरेको छ । यस विषयमा पनि एउटा रिपोर्ट तयार पारेका छौं ।





























प्रतिक्रिया