काठमाडौं ।
गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ ।
उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो । उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्रीलाई आईसीयूमा राखिएको जनाइन् । यद्यपि ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रत्यारोपणपछि भाइटल तथा ल्याब सूचकहरू अपेक्षा अनुरूप नै सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताए । मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओली र समीक्षाले सामान्य रूपमा खाना लिन थालेका छन् ।
प्रधानमन्त्री ओलीलाई अझै नजिकका व्यक्तिसँग भेटघाट गर्न दिइएको छैन । उनलाई हिँडडुल गराउन र फिजियोथेरापी गराउन थालिएको छ । उनलाई केही दिन हाइडोजको औषधि दिइने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।राजधानीबाट





























प्रतिक्रिया