काभ्रे ।
काभ्रेको मण्डनदेउपूर नगरपालिका १२ स्थित ज्याम्दीमा भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
आज दिउसो ४ बजे भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । इन्द्रावती नदीबाट वालुवा बोकेर रामपुर जाने क्रममा ट्रक बाग्देवी स्कुल नजिकै दुर्घटना भएको थियो ।

बा ३ ख ७१२१ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोहि वडाको हल्देछापका वर्ष २१ का रोशन ठकुरी र १४ वर्षका दिलीप ठकुरीको मृत्यु भएको वडा नं. १२ का वडाध्यक्ष गोविन्द पराजुलीले जानकारी दिए ।
ट्रकमा २ जना मात्र रहेको र दुई जनाकै मृत्यु भएको पनि उनले बताए ।

तस्वीरहरु : जमान सिं लामा





























प्रतिक्रिया