काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । यो सहित प्रधानमन्त्री ओलीको शरीरमा ४ मिगौंला रहेको शल्यक्रियाको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् ।
चिकित्सक प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा गरिएको प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । शल्यक्रिया र मिगौला प्रत्यारोपणमा दुई दर्जन चिकित्सक सहभागी भएका थिए ।
नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवाली सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिगौला र अर्को बुधवार प्रत्यारोपणपछि उनको आफ्नो सहित शरिरमा ४ मिगौंला रहेको ज्ञवालीले बताए । प्रधानमन्त्री ओलीलाई उनकै भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिगौंला दिएकी हुन् । १२ वर्ष अघि उनको भाइबुहारी अन्जना घिमिरेले मिगौला दिएकी थिइन् ।
गत सोमबार मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुन जानुअघि उनले एक सातामा सम्पूर्ण उपचार पूरा गरेर काममा फर्किने जनाएका थिए । उनको उक्त आत्मविश्वासी भनाईलाई बुधबारको सफल शल्यक्रियाले पुष्टि गरेको छ ।
दोश्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेलजीवन बिताउँदादेखि नै स्वास्थ्य समस्या झेल्दै आएका थिए । नेकपा माले संस्थापकमध्येका एक उनी पञ्चायतकालविरुद्ध आन्दोलन गर्दा १४ वर्ष जेल बसेका थिए । ओलीलाई त्यसबखत जेलभित्रै क्षयरोगसमेत भएको थियो । प्रधानमन्त्री ओलीले २०६४ सालमा पहिलोपटक मिर्गाैलाको प्रत्यारोपण गरेका थिए । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । भिडियोमा :





























प्रतिक्रिया