प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई विहान १० बजे शल्यक्रिया कक्षमा लगिएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण सुरु गरेको हो ।

मिर्गौला प्रत्यारोपण अघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गर्ने बताइएको छ । यसअघि ओलीको वि.सं. २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Skip This
Skip This
Logo