काठमाडौँ ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका प्रमुख समाचारमध्ये प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको बुधवार मिर्गौला प्रत्यारोपण हुने भएको छ ।
गत डिसेम्बरमा भारतीय राजदूत मञ्जिभसिंह पुरीले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि भारतीय राजदुतको कुर्सी खाली थियो । तर, आज नयाँ राजदुतको रुपमा विनयमोहन क्वात्रा नेपाल आएका छन् ।
यस्तै शनिबारदेखि अफगानीहरुले शान्तिको सास फेर्न थालेका छन् । अमेरिकाले तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेपछी यस्तो अवस्था सृजना भएको हो ।
बच्चा बोकेकी हेमालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भएसँगै महानगरीय प्रहरी परिसर ललितपुरले उनको जिम्मेवारी खोसेको छ ।
यता प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा कड्किएका छन् । सञ्चारमन्त्रीको ७० करोड घुस लेनदेन सम्बन्धि टेप प्रकरणवारे उनले संसदमा कुरा उठाएका हुन् । हेरौं भिडियोसहित :





























प्रतिक्रिया