काठमाडौं ।
आज दिउसो १२ बजे पूर्वउपप्रधानमन्त्री एवं मालेका महासचिव सीपी मैनाली चढेको गाडि बर्दिबासमा दुर्घटना भयो । दुर्घटनाका बारेमा केन्द्रबिन्दुले महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँग कुराकानी गरेको छ ।
केन्द्रबिन्दु : हेल्लो, सूर्यबहादुर खत्री सर बोल्दै हुनुहुन्छ ?
सिडिओ : हजुर बोल्दैछु सर, कहाँ बाट को बोल्नु भयो ?
केन्द्रबिन्दु : केन्द्रबिन्दु मिडिया, काठमाडौंबाट, बर्दिवासमा माले महासचिव सीपी मैनाली दुर्घटनामा पर्नु भएको खबर आयो , खास के हो ?
सिडिओः उहाँ दुर्घटनामा पर्नु भएको हो ।
केन्द्रबिन्दु : कति बजे दुर्घटनामा पर्नु भयो , के छ अवस्था ?
सिडिओ : १२ बजेर ५ मिनेटमा उहाँ चढ्नु भएको गाडी अर्को गाडीसँग ठोक्एिर दुर्घटना भएको हो । उहाँको निधार र ओठमा गहिरो चोट लागेको छ । दायाँ गोडा फ्याक्चर भएको खबर पाएको छु ।
केन्द्रबिन्दु : उपचारका लागि के हुँदैछ ?
सिडिओ : स्थानिय जनप्रिय अस्पतालमा उपचार भइरहेको छ , थप उपचारका लागि काठमाडौं लैजानका लागि हेलिकोप्टर मगाइएको छ ।
केन्द्रबिन्दु : उहाँ सवार गाडीमा कति जना हुनु हुन्थ्यो ?
सिडिओ : ५ जना सवार रहेकोमा चालक र उहाँ (मैनाली) घाइते हुनुहुन्छ । अरुको अवस्था सामान्य नै छ ।
केन्द्रबिन्दु : ठक्कर दिने अर्को गाडीमा रहेका यात्रुहरुको अवस्था के छ नि ?
सिडिओ :अर्को गाडीमा रहेका यात्रु मध्ये एक जना सामान्य घाइते छन् भने अरुको अवस्था ठिक छ , चालक प्रहरी नियन्त्रणमा छन् ।
केन्द्रबिन्दु : जानकारीका लागि धन्यवाद सर
सिडिओ : धन्यवाद





























प्रतिक्रिया