काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ । आज १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ ।
पछिल्लो २४ घण्टामा २२७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेको छ।
नेपालमा हालसम्म २० लाख ८५ हजार ५७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ८७८ जनाको परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा आज ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ६७४, भक्तपुरमा ९ हजार २३२ र ललितपुरका १६ हजार ६१ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ९६७ जना पुगेको छ ।
प्रतिक्रिया