महाशिवरात्रिको अवसरमा राष्ट्रपतिबाट पशुपतिनाथ दर्शन (भिडियोसहित)

महाशिवरात्रिको अवसरमा राष्ट्रपतिबाट पशुपतिनाथ दर्शन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छिन् ।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी हुन् । नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरिन् । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे । राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

Logo