आज सेना दिवस: सेनाका परमाधिपति राष्ट्रपति सहभागी

आज सेना दिवस: सेनाका परमाधिपति राष्ट्रपति सहभागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिवरात्रिका अवसरमा नेपाली सेनाले आज मुलुकभर सेना दिवस मनाउँदैछ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी भएकी छन् ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्बभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय काम गर्दै आएको नेपाली सेनाले युद्धग्रस्त बिभिन्न देशहरुमा शान्ति स्थापनामा पनि निर्णायक भूमिका खेल्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध कार्यक्रम हुनेछन् ।

सेना दिवसको खुसियालीमा आज साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसङ्गीत पनि प्रस्तुत गर्नेछ ।

Logo