एक हजार योगगुरु लिएर रामदेव नेपाल आउने

एक हजार योगगुरु लिएर रामदेव नेपाल आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् ।

करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेका पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए ।

आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्न र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपूजा गर्न उनी नेपाल आउन लागेका हुन् । उनी सोही महिनाको २६ गतेसम्म नेपालमा रहने कार्यक्रम छ।

रामदेवको साथमा आचार्य बालकृष्णसहित अन्य गुरुको समेत सहभागिता रहने बताइएको छ। तीन वर्ष अघि पनि उनी नेपाल आएका थिए । पाँच दिन अघि नेपाल भ्रमणमा आएका आचार्य बालकृष्णले रामदेवको भ्रमणको मिति तय गरेका हुन् ।
नेपाल समाचारपत्रबाट

Logo