नेपालीमा कोरोना नभएकोदेखि प्रजातन्त्र दिवसको चर्चासम्म (भिडियोसहित)

नेपालीमा कोरोना नभएकोदेखि प्रजातन्त्र दिवसको चर्चासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये गत फागुन २ गतेदेखि जारी क्यान इन्फोटेक आज सम्पन्न भएको छ । मेलामार्पmत नेपाली बजारमा प्रविधिका नयाँ नयाँ उत्पादन सार्वजनिक भएका छन् ।

यस्तै प्रजातन्त्र दिवसको सन्दर्भमा सरकारले आज राजधानीमा विशेष कार्यक्रम आयोजना ग¥यो । प्रजातन्त्र दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।

१२ वर्षअघि मिर्गाैला प्रत्यारोण गरेका प्रधानमन्त्री ओलीले दोश्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने भएका छन् । त्यसका लागि अन्तिम तयारी भइरहेको छ ।

यता २०६४ र २०७० को संविधानसभा निर्वाचनबाट निर्वाचित सभासदहरु मध्ये केही सभासदले अझै पनि पदक लिन गएका छैनन् भने चीनको वुहानबाट ल्याइएका नेपालीहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण नभएको पुष्टि भएको छ । हेरौं भिडियोमा :

Logo