खरीपाटीमा राखिएका सबैको रिपोर्ट नेगेटिभ

खरीपाटीमा राखिएका सबैको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ ।

नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलबार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ ।

उनीहरूको ‘थ्रोट स्वाव’ र ‘नेजल स्वाव’ गरिएको थियो । क्वारेन्टाइनमा १ सय ३५ पुरुष र ४० महिला छन् । यद्यपि, रिपोर्टको सबै नतिजा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले आइतबार नमुना संकलन गरेको थियो । प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार संकलन गरिएको रिपोर्टको सबैको नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ ।
राजधानीबाट

Logo