स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिए ।

“विद्यार्थी सङ्गठनको सहमतिमै निर्वाचन स्थगित गरिएको हो”, उनले भने, “चुनाव हुनुभन्दा एक महिना अगाडि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले निर्वाचन स्थगित गरेका हौँ ।”

उनले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै निर्वाचन मिति तय गरिने जानकारी दिए । भुसालका अनुसार आगामी चैत अन्तिम साता निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ ।

Logo