सप्तरी।
सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिपरले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।
सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुने क्रममा टेम्पो दुर्घटनामा परेको थियो । दुर्घटनाका घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रासस





























प्रतिक्रिया