काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका प्रमुख समाचारहरु मध्ये जबरजस्ती करणी उद्योगको मुद्दामा कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाइ दिएको छ ।
यस्तै निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त भएकी छन् । तुम्बाहाङ्फेले सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको रूपमा राष्ट्रपतिबाट शपथ ग्रहण गरेकी हुन् ।
यसैगरि काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको शुभारम्भ गरेका हुन् ।
सरकारले पप्पु कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो ।
अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपाली गायक दिवेश पोखरेलको चर्चा चुलिएको छ । अमेरिकन आइडलमा आइतबार उनले दिएको प्रस्तुतीले निर्णायकहरुको मन जितेको हो । हेरौं यो भिडियोमा :































प्रतिक्रिया