केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका बुलेटिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको २ वर्षे कार्यकालको प्रगति विवरण समेटिएका छन् । त्यस्तै फाइनलमा आर्मीलाई हराउँदै ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको समाचार पनि बुलेटिनमा समाबेश छ ।
कर्णाली प्रदेशमा एक वर्षमा २ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको समाचार पनि बुलेटिनमा समाबेश छन् । त्यस्तै कला समाचार अन्तर्गत आज हामीले यही फागुन महिनामा बैबाहिक सम्बन्ध गास्न लागेका नायिकाहरूको सामाग्री प्रस्तुत गरेका छौं । त्यस्तै गरी प्लस २ मा अध्ययरत पाँचसय विद्यार्थीले पाकिस्तानी राजदूत छात्रवृत्ति पाएको समाचार पनि बुलेटिनमा समाबेश छ ।





























प्रतिक्रिया