नेपाली लिन चीन उड्यो विमान, राति २ बजे काठमाडौँ आइपुग्ने

नेपाली लिन चीन उड्यो विमान, राति २ बजे काठमाडौँ आइपुग्ने

केन्द्रबिन्दु
0
Shares

चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ । निगमको एअरवस ३००–२४३ वाइडबडी जहाज शनिबार दिउँसो वुहानको लागि उडेको हो ।

जहाजले वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई नेपाल ल्याउने छ । जहाजमा पाइलट, स्वास्थ्यकर्मी, इञ्जिनियरसहित १७ जना रहेका छन् । उनीहरुलाई लिएर नेपाल वायुसेवा निगमको जहाज आइतबार राति २ बजे काठमाण्डौ आइपुग्ने छ ।

चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ । क्वारेन्टाइनमा १४ दिनसम्म राखिने छ ।

त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ । चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।

चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ ।

Logo