सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।
त्रिभुवन आर्मी विरुद्ध एक–शून्यको जित निकाल्दै उपाधि जितेको हो । गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यो सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो । मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अंक जोड्यो । मछिन्द्रले यस सिजन हिमालयन शेर्पा क्लबसंग मात्र हार बेहोरेको थियो ।
३३ औं मिनेटमा रन्जित धिमालले फ्रिकिमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो । आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिससंग अन्तिम खेलमा पराजित हार्दै उपाधिबाट बन्चित भएको थियो ।
च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ भने त्रिभुवन आर्मी क्लब उपिविजेता हुँदै ३५ लाखमा चित्त बुझाएको छ ।





























प्रतिक्रिया