चीनमा रहेका नेपाली ल्याउने तयारी पूरा, १७ जनाको टोली आज चीन जाने

चीनमा रहेका नेपाली ल्याउने तयारी पूरा, १७ जनाको टोली आज चीन जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस कोभिड १९ को प्रकोप रहेको चीनको बुहानबाट शनिबार १८० जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली आज चीन जानेछ ।

भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गरी नेपाल ल्याउन लागेको हो । नेपालमा ल्याए पनि उनीहरुले तत्काल आफन्त तथा साथीभाइरहरुसँग भेट्न पाउने छैनन् । उनीहरुलाई सरकारले छुटै क्वारेनटाइनको व्यवस्था गरेर राख्ने छ । त्यसको लागि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा राखिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याउन लागेका नेपालीहरु बस्ने क्वारेनटाइनको व्यवस्थापन गरीसकेको जानकारी दिए । उनीहरु बस्ने ठाउँको व्यवस्थापनदेखि लिएर त्यहाँ रहँदा उनीहरुले ध्यान दिनुपर्ने आचारसंहिताको विषयको टुंगो लागेको उनले बताए । चीनबाट आउने नेपालीहरुलाई नेपाल आउँदा एयरलाइन्समा पालना गर्नुपर्ने नियम र क्वारेनटाइनमा बस्दा अपनाउनु पर्ने विषयमा पनि मन्त्रालयले जानकारी गराउनेछ ।

यात्रुहरुले सर्जिकल मास्क लगाउनु पर्ने, शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका ब्यक्तिहरूले एन ९५ मास्कको प्रयोग गर्नुपर्नेछ, शौचालय जानु पर्दा आफ्नो सिटबाट उठ्नु भन्दा पहिला शौचालयमा अन्य कोहि ब्यक्ति छैन भन्ने यकिन गर्नुपर्ने, शंकास्पद बिरामी यात्रुहरुको लागि छुट्टै शौचालय व्यवस्था गरिएको छ । यदि कुनै शंकास्पद लक्षण देखिएको भएमा तोकिएको शौचालय मात्र प्रयोग गर्नुपर्ने जस्ता जानकारी यात्राको क्रममा दिइनेछ ।
गोरखापत्रबाट

Logo