होटल सङ्घद्वारा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

होटल सङ्घद्वारा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

होटल सङ्घ नेपालले ३० दिनभित्र आफ्ना कामदार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सम्पूर्ण होटल व्यवसायीलाई निर्देशन दिएको छ ।

सङ्घको कार्यसमिति बैठकले सङ्घमा आबद्ध होटललाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने निर्णय गरेको महासचिव साजन शाक्यले जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, ०७४ को दफा १९ र २० मा व्यवस्था भए बमोजिम श्रमिकलाई कोषमा सूचीकृत गराउने दायित्व सम्बन्धित रोजगारादाता/प्रतिष्ठानकै हो भन्ने स्पष्ट रहेको भन्दै सङ्घले तत्कालै रोजगारदाताले होटलले आफ्ना श्रमिकलाई कोषमा सूचीकरण गराउने निर्णय गरेको हो ।

योजनामा सहभागी नहुने रोजगारदातालाई कारवाही गर्ने संकेत गरेपछि रोजगारदाता धमाधाम कोषमा सूचीकृत हुन थालेका छन् । आइतबार साँझसम्म कोषमा एक लाख ४४ हजार ३५२ श्रमिक र १२ हजार १४० रोजगारदाता सूचीकृत भएका छन् । सरकारले कोषमा सूचीकृत नभएका रोजगारदाताको नवीकरण रोक्ने, सरकारी सुविधा उपलब्ध नगराउने लगायत तयारी गरेको छ ।
रासस

Logo