धरौटी बुझाउन नसकेपछि शिवानन्द स्वामी जेल चलान

धरौटी बुझाउन नसकेपछि शिवानन्द स्वामी जेल चलान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शिवानन्द स्वामी नामले चिनिने दीपक भण्डारी धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । ३५ लाख धरौटीमा रिहा हुने आदेश दिए पनि धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।

शिवानन्द स्वामीलाई विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट करिब ४० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले ३५ लाख धरौटीमा रिहा हुने आदेश दिएको थियो ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आइतबार धरौटीमा रिहा हुने आदेश दिए पनि धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।

उनलाई गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनले युरोप पठाउने भन्दै ठगी गर्दै आएका थिए । उनी योग सिकाउने गुरुसमेत रहेको पाइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo