काठमाडौं ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै आयोगको कार्यालय गेटमा विरोध प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

साझा पार्टीका वागमती प्रदेश संयोजक समिक्षा बाँस्कोटाको नेतृत्वमा टंगालस्थित आयोगको गेटमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
१५ /२० जनाको समूहले सिठी जुलुससहित विरोध प्रदर्शन गरेको थियो । पक्राउ परेका नेता कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

विरोधका पूर्व घोषित कार्यक्रम अनुसार साझा पार्टीका नेता, कार्यकर्ता विहानै अख्तियार कार्यालय घेराउ गर्न पुगेका थिए । बुधबार अख्तियारले बालुवाटार जग्गा प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा चलाएको थियो । तर यसमा मुछिएका सत्तारुढ दलका नेताहरूलाई उन्मुक्ति दिइएको भन्दै साझा पार्टीले विरोध गर्दै आएको थियो ।

हेरौं भिडियो :
तस्विरहरु : दिपेन्द्र रायमाझी/केन्द्रबिन्दु





























प्रतिक्रिया