काठमाडौं । विजयकुमार गच्छदारलाई बालुवाटार जग्गा घोटाला काण्डमा भ्रष्टाचार मुद्दा लगाइएकोमा नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
अख्तियारले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको हाे।
बिहीबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन् -“राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ । यसैको उदाहरणका रुपमा अख्तियारले निर्णय गरेको छ । कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ । त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ । संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन । हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो ?”
सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि सभामुखले बैठक स्थगन गरे ।
प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले यही माघ २४ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन गरे





























प्रतिक्रिया