एमसिसी सुझाव कार्यदल बनेपनि नेकपाभित्र अझै विवाददेखि पर्यटन प्रवर्द्धन गर्न बजेट र जनशक्ति छैनसम्म (भिडियोसहित)

एमसिसी सुझाव कार्यदल बनेपनि नेकपाभित्र अझै विवाददेखि पर्यटन प्रवर्द्धन गर्न बजेट र जनशक्ति छैनसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजको बुलेटिनमा विभिन्न विषयले स्थान पाएका छन् । विश्वका विभिन्न देशका संसद बैठकमा विभिन्न खालका हंगामाहरु हुने गरेका छन् । नेपालमै पनि मुख छोडाछोडदेखि हात हालाहाल समेत भएका थिए । बुधबार अमेरिकी संसदमा भएको एउटा हंगामाले तहल्का मच्चाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीबीचको विवाद छत्ताछुल्ल भएर पोखिएको हो ।

नेपाल भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि पर्याप्त बजेट र जनशक्ति नभएको पर्यटन मन्त्री योगेश भट्टराईले गुनासो गरेका छन् । तर, मन्त्री भट्टराईले कोरोना भाइरसले चिनिया पर्यटक प्रभावित भएपनि वैकल्पिक बजारको खोजी सुरु गरिने सकारात्मक भनाई पनि सार्वजनिक गरेका छन् । ए

मीलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)को पक्ष र विपक्षमा यतीबेला सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरु विभाजित छ । यही कारण भर्खरै सम्पन्न नेकपाको केन्द्रीय कमिटि बैठकले सुझाव दिनकालागि कार्यदल नै बनाएको छ । तर, सोही कार्यदलमा बसेका नेताहरुवाट नै बिवादास्पद अभिब्यक्ति आउन छोडेको छैन ।

पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नारायणहिटि दरबार क्षेत्रमा गणतन्त्र स्मारक बनाएर सरकारले गल्ति गरेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले यो स्मारक तत्कालै हटाउनु पर्ने समेत तर्क राखेका छन् ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरण अनुसन्धानकै क्रममा छ । वाइडबडी खरिदमा संसद्को सार्वजनिक लेखा समितिले चार अर्ब ३५ करोड रुपैयाँ अनियमितिता भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो । भ्रष्टाचारको यो काण्ड सेलाउन नपाउँदै न्यारोबडीमा डेढ अर्ब घोटाला भएको खुलासा भएको छ ।

Logo