क्रिकेट रंगशालालाई सन्दीपको सहयोगदेखि ‘स्याटेलाइट सिटी’को चर्चासम्म (भिडियो बुलेटिन) 

क्रिकेट रंगशालालाई सन्दीपको सहयोगदेखि ‘स्याटेलाइट सिटी’को चर्चासम्म (भिडियो बुलेटिन) 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजको बुलेटिनमा विभिन्न बिषयले स्थान पाएका छन्  । ति मध्ये एक हुन् विश्वका दुई दर्जन देशहरुमा संक्रमण फैलिएको कोरोना भाइरसको समाचार । चीनमा रहेका नेपालीहरुले आफूहरुको उद्धार गरि दिन नेपाल सरकारसँग आग्रह गरेका छन् । नेपाल चीनबीचको हवाइ उडान धमाधम स्थगित भइरहेका छन् । नेपाल प्रमुख पर्यटकीय स्रोत पनि चीन नै हो । त्यसकारण सरकारले घोषणा गरेको भ्रमण वर्ष पनि प्रभावित भएको छ ।

सरकारले काठमाडौँभित्र बनाइने चार ‘स्याटेलाइट सिटी’मध्ये दुई भक्तपुरमा बनाउने भएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।

अहिले एक हजार रुपैंयाको नेपाली नोटमा एउटा हात्तीको चित्र छ । हात्तीका लागि नेपाल पर्यटकीय गन्तव्य भएपनि अहिलेको नोटमा भएको हात्ती भने विदेशी हो । त्यसकारण नेपाली नोटमा विदेशी हात्ती राखिएको भन्दै आलोचना भइरहेको छ । अब भने एक हजार रुपैंयाको नोटमा नेपाली हात्ती नै राखिने भएको छ । त्यो पनि दुर्लभ राम लक्ष्मण हात्तीको चित्र ।

सर्वाधिक चर्चित क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटको रकम चीतवनमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै सत्तारुढ दल नेकपाका सांसदले नै सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको राजिनामा मागेपछि यो विषयले चर्चा पाएको छ । उनको राजीनामा माग्ने सांसद सुदन किँराती एकाएक चर्चामा आएका हुन् । यस सम्बन्धी सामग्री पनि आजको बुलेटिनमा समाबेश छन् ।

Logo