पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य  प्रति लिटर एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । अब खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक हजार ३२५ रुपैयाँ पुगेको छ ।

Logo