नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पटवालद्वारा राजीनामा

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पटवालद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन् । गतवर्ष आईसीसी र राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकको रुपमा जिम्मेवारी दिएका पटवालले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजपछि लागू हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा राजीनामा बुझाएका हुन् । उनले नेपालमै हुन लागेको त्रिदेशीय सिरिजमा भने मुख्य प्रशिक्षकको रुपमा नै प्रशिक्षण दिनेछन् ।

मासिक ७ हजार डलर तलब पाउने पटवालले २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो । उनले आफ्नो तलवमा कर बढी भएको भन्दै असन्तुष्टी जनाउँदै आएका थिए ।

२०७४ को फागुनमा जिम्बाबेमा भएको युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि पटवाल नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका थिए ।

उनी भारतका नागरिक हुन् ।

Logo