काठमाडौं ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियारको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले पौडेल र उनका सवारी चालक सञ्चित दुलाललाई एक लाख नगदसहित पक्राउ गरेको हो। उनीहरु आइतबार साँझ बल्खुबाट पक्राउ परेका हुन् ।
पौडेलले नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस मागेको आरोप लागेको छ । पौडेलमाथि थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ।
यता यातायात व्यवस्था सानो भर्याङमा कार्यरत अधिकृत शिवलाल पौडेललाई पनि अख्तियारको टोलीले १३ हजार घुससहित पक्राउ गरेको छ।
प्रतिक्रिया