इटहरी ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवामा हायस र नाइट बस ठोक्किदा तीन जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा जुधेर दुर्घटना भएको थियो ।
मृतकको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया