राजविराज ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कांग्रेस, नेकपा र मधेसी दलका नेताहरू म्याद गुज्रेको औषधि सरह रहेको बताएका छन् । शनिबार सप्तरीको राजविराजमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ३० वर्षदेखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने बताएका हुन् । यी पार्टीले म्याद गुज्रेका औषधि सरह ‘रियाक्सन’ मात्र गर्ने र ज्यान जाने अवस्थामा पुर्याउने बताए ।
नेकपाले कृष्णबहादुर महरालाई, कांग्रेसले मोहम्मद अफताब आलमलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकाले पार्टीले मधेसीलाई कहिले पनि संरक्षण नगर्ने बताए । ‘अहिलेका यी पार्टीहरु कवाडी खिया लागेको पार्टी जस्तै छन्’ राउतले भने ‘इन्जिन बिग्रेको कवाडी गाडी रहेकाले यसमा बस्न पनि नहुने र यदि बसे पनि बीच बाटोमै बिग्रिने निश्चित छ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया