गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमि : मन्त्री अर्याल

गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमि : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

कास्की ,
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सही बाटोमा लैजान सङ्गीतले भूमिका खेल्ने बताएकी छिन् ।

कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति सङ्ग्रह ‘म हुँ सुन्दर नेपाल’को शनिबार लोकार्पण गर्दै उनले गण्डकी प्रदेशलाई लोक संस्कृतिको उर्वर भूमि घोषणा गर्न तयार रहेको जानकारी दिएकी हुन् ।

परिवर्तनमा सङ्गीत क्षेत्रको भूमिका रहेको मन्त्री अर्यालले उल्लेख गर्दै कला, संस्कृतिमा लागेका युवाको संक्षण गर्न सरकारले प्राथमिकता दिएको बताइन् । कलाकार नौवागेले २०६४ सालदेखि आफू निरन्तर कला क्षेत्रमा क्रियाशील रहेको बताए ।

Skip This
Skip This
Logo