क्रिस गेल पोखरा राइनोजमा अनुबन्धित

क्रिस गेल पोखरा राइनोजमा अनुबन्धित


काठमाडौं । वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

ईपीएल खेल्न विस्फोटक ब्याट्सम्यान गेल पोखरा राइनोजमा अनुबन्धित भएकाे पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएकाे छ ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्ने खेलको तय हुनेछ ।

Logo